Main News
एसईईको नतिजा आज सार्वजनिक हुँदै
२०७८ साउन २३ गते १४:५५

२३ साउन २०७८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण यो वर्ष पनि आन्तरिक मूल्यांकनका आधारमा अंक दिइएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा बोर्डको वेभसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने जनाएको छ ।
बोर्डले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा नेपाल टेलिकम र एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।
प्रतिक्रिया