आज देशभर सामान्यदेखि पूर्ण बदली रहने
२३ साउन २०७८ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज दिनभर मौसम सामान्यदेखि पूर्ण बदली रहने बताएको छ ।
महाशाखाले आगामी तीन दिनको मौसमसम्बन्धी जानकारी सार्वजनिक गर्दै आज देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ ।
प्रदेश १, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
यस्तै आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि बुलेटिनमा भनिएको छ ।
यस्तै प्रदेश १को एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ। भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बुलेटिनमा छ।
महाशाखाका अनुसार पहाडी भू– भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ।
प्रतिक्रिया