Main News

बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी

हिमालय टिभी
२०७८ साउन २३ गते ७:३५
बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी

२३ साउन २०७८ काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको कारखानामा भीषण आगलागी भएको छ ।

काठमाडौँ महानगरपालिका–१६ बालाजु स्थित औद्योगिक क्षेत्रभित्र रहेको नेबिको बिस्कुटको कारखानामा आज बिहान २ बजेदेखि आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

बालाजु प्रहरीका अनुसार ८ दमकल तथा कम्तीमा २० वटा पानी ट्यांकर प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो निभाउने प्रयास गरिरहेका छन् ।

आगलागीको कारण र क्षतिको विवरण भने थाहा नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *