Main News

जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै

हिमालय टिभी
२०७८ साउन २३ गते ७:२६
जापानले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै

२३ साउन २०७८ काठमाडौं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो खेप आज काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी दूतावासले विज्ञप्ति जारी गरी जापानले अनुदानमा दिएको १६ लाख डोजमध्ये ८ लाख खोप आज र भोलि काठमाडौं आउने जनाएको छ ।

यस्तै बाँकी ८ लाख डोज भने उपयुक्त समयमा पठाउने पनि जापानी दूतावासले जनाएको छ । गत असार २९ गते जापानका परराष्ट्रमन्त्री मोतेगी तोसिमित्सुले कोभ्याक्स सुविधामार्फत नेपाललाई एस्ट्राजेनेकाको १६ लाख खोप दिने घोषणा गरेका थिए ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले जापानले दिएको खोप तत्कालै उपयोग हुने आशा व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *