Main News

कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, ३७२९ जना संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन २२ गते १७:३९
कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु, ३७२९ जना संक्रमित थपिए

२२ साउन २०७८ काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । थप २५ कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको हो ।

आज ३७ सय २९ जना कोरोना संक्रमित थप भएका छन् । ९ हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ७ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार भक्तपुरमा ८३ जना, ललितपुरमा १ सय ४७ र काठमाडौंमा ४ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।

उपत्यका बाहिर कास्कीमा ३ सय ८३ संक्रमित थपिए । यस्तै झापामा १ सय ७३ चितवनमा १ सय ५५ र गोरखामा १ सय २२ संक्रमति थपिएको मन्त्रालयले जनाएको छ।

हाल सक्रिय कोरोना संक्रमितको संख्या ३४ हजार ९४२ पुगेका छन् । त्यस्तै अहिले नेपालमा ७३२ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *