Main News
भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरुद्ध सर्वोच्चमा रिट दायर
२०७८ साउन २२ गते १५:१७

२२ साउन २०७८ काठमाडौं । भूमिसम्बन्धी समस्या समाधान आयोग विघटनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता प्रवेश केसीले संवैधानिक र कानूनी दुवै हिसाबले आयोग विघटन गर्न नमिल्ने तर्क गर्दै रिट दायर गर्नुभएको हो । रिटमा साउन २५ गतेका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
रिट निवेदनमा केसीले संविधानको धारा ३५ र ३६ मा आवास र दलितसम्बन्धी मौलिक हक रहेको र ती हकको उद्देश्य प्राप्त नहुँदै आयोग विघटन गर्न नमिल्ने तर्क गर्नुभएको छ ।
केपी ओली नेतृत्वको यसअघिको सरकारले आयोग गठन गरेर ७७ वटै जिल्लामा समिति बनाएको थियो । नयाँ सरकारले गत मंगलबार आयोग विघटन गरेको हो ।
प्रतिक्रिया