Main News
भूटानले दिएको कोरोनाविरुद्धको खोप काठमाडौं आइपुग्यो
२०७८ साउन २२ गते १५:१३
२२ साउन २०७८ काठमाडौं । भूटानले सहयोग गरेको अस्ट्राजेनिकाको तीन लाख डोज खोप नेपाल आइपुगेको छ।
भूटानको राष्ट्रिय ध्वजाबाहक विमान डुक एयरबाट आज बिहान खोप काठमाडौं आइपुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ। उक्त खोप अहिले टेकुमा भण्डारण गरिएको छ ।
उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई प्राथमिकताका आधारमा लगाइने विभागका महानिर्देशक आरपी विच्छाले जानकारी दिनुभयो ।
७ लाख ८० हजार जनसंख्या रहेको भूटानले कोभ्याक्स सुविधा र विभिन्न मुलुकबाट अनुदानमा ९ लाखभन्दा बढी डोज खोप प्राप्त गरेको थियो। बढी भएको खोप उसले नेपाललाई दिएको हो ।
कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनासम्म पनि दोस्रो डोज लगाउन पाएका छैनन्।
प्रतिक्रिया