राजनीति

अझै एमालेभित्र एकताको सम्भावना छ ? के भन्छन् नेताहरु ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १९ गते २०:२९
अझै एमालेभित्र एकताको सम्भावना छ ? के भन्छन् नेताहरु ? (भिडियो रिपोर्टसहित)

१९ साउन २०७८ काठमाडौं । नेकपा एमालेमा विवाद समाधानका लागि निरन्तर छलफल भइरहेको छ । विवाद समाधानका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका बीचमा भेट गराउने प्रयास पनि भैरहेको छ ।

आजै भेट हुने भनिए पनि अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन । एकता प्रयासकै बीचमा संस्थापन पक्ष भने विभिन्न विभाग गठन गरेर महाधिवेशनतिर लागेको छ । राजनीतिक विष्लेषक यही अवस्थामा एमालेमा एकता नहुने बताउँछन् ।

नेकपा एमालेको विवाद समाधानका लागि १० बुँदे सम्झौता भयो । सो सम्झौतापछि पनि नेपाल खनाल पक्ष पार्टीको बैंठकमा अनुपस्थित रहँदै आएको छ । तर संस्थापन पक्ष भने महत्वपूर्ण निर्णय गर्दै अघि बढ्न थालेको छ । उसले महाधिवेशनको तयारीका साथै विभिन्न विभाग बनाउने निर्णय पनि गरिसकेको छ । ति विभागमा नेपाल खनाल समूह अटाएको छैन ।

पार्टी विवाद समाधानको प्रयास भैरहँद संस्थापन पक्ष एकलौटी ढंगले अघि बढेको नेपाल खनाल समूहको आरोप छ । तर संस्थापन भने अब स्थानीय तहको चुनाव पनि गर्नुपर्ने भएकाले सधै पर्खेर बस्न नसकिने बताउँछ । प्रवक्ता प्रदीप ज्ञवाली एकतामा आउनेका लागि ठाउँ खाली राखेर विभाग बनाएको भन्दै पार्टीलाई गति दिनुको विकल्प नभएको बताउनुहुन्छ ।

१० बुँदे सहमति पछि पनि नेपाल खनाल पक्ष सहमतिमा नआएको भन्दै संस्थापन पक्ष रुष्ट छ । अझै नेपाल पक्षबाट आएका विभिन्न खाने प्रस्तावले एकता प्रक्रिया जटिल बनेको उसको बुझाइ छ । पार्टी महासचिव ईश्वर पोखरेल १० बुँदे सहमतिपछि पार्टी २०७५ जेठ २ कै अवस्थामा फर्किसकेकाले सोही अनुसार अघि बढ्नुको विकल्प नभएको बताउनु हुन्छ ।

संस्थाप पक्षले महत्पवूर्ण निर्णय लिएकोमा असन्तुष्ट देखिए पनि नेपाल–खनाल समूह एकताका पक्षमा केही लचिलो बनेको छ । एकतालाई असर पार्ने गरि अभिव्यक्ति नदिन उसले सबैलाई आग्रह गरेको छ ।

एमालेमा विकसित पछिल्ला घटनाक्रमबारे विष्लेषकको अनुमान भने केही फरक छ । राजनीतिक विष्लेषक पुरञ्जन आचार्य संस्थापन पक्ष नेपाल–खनाल समूहलाई बाहिरै राखेर महाधिवेशन सम्म जान खोजेको जस्तो देखिएको बताउनुहुन्छ ।

नेपालले सम्मानजनक एकता चाहेको र संस्थापन पक्ष पेलेरै जाने मनस्थितिमा रहेकाले अहिलेकै अवस्थामा एमालेमा एकता संभव नभएको विष्लेषक आचार्यको दाबी छ ।

अध्यक्ष केपी शर्मा ओलीमा सरकारबाट हटनु परेपछि आक्रोश अझै थामिकएको छैन । तर दोस्रो तहका नेताले भने पार्टीमा एकता बनाउन निरन्तर प्रयासमा छन् । अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको इगोका कारण एकताले सार्थकता नपाएको दोस्रो तहका नेताको बुझाइ छ । यस्तो अवस्थामा एमालेको आन्तरिक एकता कसरी अघि बढ्छ अझै स्पष्ट हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्