Main News

महामारीका बेला विमान कम्पनीहरुले बढी भाडा लिएको उजुरी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १८ गते १८:३८
महामारीका बेला विमान कम्पनीहरुले बढी भाडा लिएको उजुरी (भिडियो रिपोर्टसहित)

१८ साउन २०७८ काठमाडौं । कोरोना महामारीका बेला विमान कम्पनीले बढी भाडा लिएको भन्दै नागरिक उडड्यन प्राधिकरणमा उजुरी परेको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको छलफलमा प्राधिकरणले बढी भाडा लिएको बारे २४ वटा गुनासो आएको र त्यसबारेमा छानविन भइरहेको जनाएको छ ।

उजुरी आए पनि विमान कम्पनीको व्यापारको क्षेत्रमा हस्तक्षेप गर्ने अधिकार आफूहरुलाई नरहेको प्राधिकरणले जनाएको छ ।

छलफलमा सांसदहरुले वायु सेवा कम्पनीले सेवा भाव नराखी महामारीको बेलामा उपभोक्तासँग बढी भाडा असुलेको बताएका थिए । तर वायु सेवा कम्पनीका अधिकारीले भने बजारमा आएजस्तो बढी भाडा नलिएको र अनियमितता नभएको दाबी गरे ।

पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले महामारीको समयमा हवाइ उडानमा अनियमितता गरेको भन्दै दुई वटा ट्राभल एजेन्सीलाई कारबाही गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको बैठकमा जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *