Main News
मेलम्ची बाढी पीडितलाई सुरक्षित बसोबाससहितको राहत दिन निर्देशन
२०७८ साउन १८ गते १८:३५

१८ साउन २०७८ काठमाडौं । संसदीय समितिले सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीका कारण विस्थापित भएकालाई तत्काल सुरक्षित बसोबाससहित राहतको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
विकास तथा प्रविधि समितिको आजको बैठकले बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरी जोखिममा रहेकालाई तत्काल सुरक्षित बसोबाससहित राहत उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
असार एक गते र त्यसपछि पटक पटक आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची खोला आपापासको क्षेत्रमा क्षति पुगेको छ ।
प्रतिक्रिया