Main News

एकता प्रयास चलिरहेका बेला एमालेको संस्थापन पक्ष महाधिवेशनको तयारीमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १९:१६
एकता प्रयास चलिरहेका बेला एमालेको संस्थापन पक्ष महाधिवेशनको तयारीमा (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । दोस्रो तहका नेताहरुले एकताको प्रयास तीव्र पारिरहेका बेला नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष आफ्नो योजना अनुसार अघि बढेको छ ।

ओली पक्षीय स्थायी कमिटीमा विधान अधिवेशन र महाधिवेशन कार्यतालिका प्रस्ताव गरिएको छ । आज बसेको स्थायी कमिटी बैठकमा भदौ २७–२८ मा विधान अधिवेशनको प्रस्ताव गरिएको छ ।

बैठकले साउन २४ गतेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठकले असोज ३ मा देशभरका वडा अधिवेशन र असोज ९ मा स्थानीय तहको अधिवेशन गर्ने प्रस्ताव पनि गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी हुनुभयो । नेपाल खनाल पक्षले पहिले झै बैठक बहिस्कार गरेको छ । वरिष्ठ नेता नेपाललाई मिल्नु पर्छ भनेर दबाब दिईरहेका नेपाल पक्षकै नेताहरु पनि बैठकमा सहभागी भएनन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *