Main News

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २५६८ संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन १७ गते १७:१०
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २५६८ संक्रमित थपिए

१७ साउन २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक २५ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् । यो केही दिनयताकै कम संक्रमण हो ।

८ हजार ४ सय २ पीसीआर परीक्षणमा १९ सय ८१ र ४ हजार २ सय ३४ एन्टीजेन परीक्षणमा ५ सय ८७ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा ८ सय ५१ जना संक्रमित थपिएका छन् ।

तिमध्ये काठमाडौँमा ५ सय ९४, भक्तपुरमा ९१ र ललितपुरमा १ सय ६६ जना छन् । उपत्यकाबाहिर सबैभन्दा धेरै झापामा दुई सय ७, कास्कीमा दुई सय ४ र मोरङमा १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक २ हजार २० जना संक्रमण मुक्त भएका छन । सक्रिय संक्रमितको संख्या ३१ हजार २ सय ९८ पुगेको छ । संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । मृतकको संख्या ९ हजार ८ सय ७५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या १८ लाख १३ हजार नाघेको छ। पछिल्लो २४ घण्टाको अवधिमा १ लाख ९५ हजार १ सय ३२ जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *