Main News

दार्चुला तुइन प्रकरणमा दोषीमाथि कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १७ गते १७:०४
दार्चुला तुइन प्रकरणमा दोषीमाथि कारबाही गर्न माग (भिडियो रिपोर्टसहित)

१७ साउन २०७८ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्र र सत्ता बाहिर रहेको विभिन्न राजनीतिक दलले दार्चुलाका जयसिंह धामी बेपत्ता भएको घटनामा संलग्न दोषीलाई कारवाहीको माग गरेका छन् ।

महाकाली नदीमा रहेको तुइन भारतीय एसएबसीले काटिदिएर धामी बेपत्ता भएपछि राजनीतिक दलहरुले दोषीमाथि कारवाहीको माग गरेका हुन् ।

सत्ता साझेदार नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले घट्नाबारे छानविन गरी भारतीय पक्षसंग आपत्ति जनाउन र दोषीलाई कारबाहीको दायरमा ल्याउन माग गरेको छ ।

यस्तै कार्यगत एकता गरिरहेका विभिन्न २२ दलले दार्चुलाका जयसिंह धामी बेपत्ता हुने गरी भएको घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन । गठबन्धनका तर्फबाट संयोजक सीपी गजुरेलले विज्ञप्ति निकालेर भारतीय पक्षले आततायी काम गरेकोमा कडा आपत्ति जनाउनुभएको छ ।

आततायी घटनामा संलग्न व्यक्तिलाई कूटनीतिक पहल गरी कानूनी दायरामा ल्याउन गठबन्धनले देउवा सरकारसँग माग गरेको छ। सरकारले दोषीमाथि कारबाही नगरेमा सडक संघर्षमा उत्रिनुको विकल्प नभएको पनि चेतावनी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *