कोरोना सङ्क्रमणबाट ओखलढुंगामा दुई जना पुरुषको मृत्यु

रासस
२०७८ साउन १७ गते १३:३१

कोरोना सङ्क्रमणबाट ओखलढुंगामा दुई जना पुरुषको मृत्यु

१७ साउन २०७८ ओखलढुंगा । कोरोना सङ्क्रमणबाट यहाँ थप दुई पुरुषको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

वडा नं ११ का पुरुषको गएराति उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ । उहाँ यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs