Main News

दार्चुला घटनाका दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने २२ दलीय गठबनधनको चेतावनी

हिमालय टिभी
२०७८ साउन १७ गते १३:२३
दार्चुला घटनाका दोषीमाथि कारबाही नभए आन्दोलन गर्ने २२ दलीय गठबनधनको चेतावनी

१७ साउन २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहितका २२ दलीय गठबन्धनले दार्चुला घटनाका दोषीलाई कारबाहीको दायरामा नल्याए सडक संघर्ष गर्ने चेतावनी दिएको छ ।

गठबन्धनका तर्फबाट सीपी गजुरेलले जारी गरेको संयुक्त वक्तव्यमा दोषीलाई कारवाहीको दायरामा ल्याउने काम गर्न शेरबहादुर देउवा नेतृत्वको सरकारसँग माग गरिएको छ ।

घटनाबारे अविलम्ब कूटनीतिक पहल गरी दोषीलाई कारबाही नगरे सडक सङ्घर्षमा उत्रनुबाहेक अर्को विकल्प नरहने विज्ञप्तीमा उल्लेख छ ।

साउन १५ गते व्यास गाउँपालिका २, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता हुनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *