Main News

लुम्बिनीमा नयाँ सरकार गठनको व्यवस्था मिलाउन चार दलको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १६ गते १९:०७
लुम्बिनीमा नयाँ सरकार गठनको व्यवस्था मिलाउन चार दलको आग्रह (भिडियो रिपोर्टसहित)

१६ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेश सभाका विपक्षी चार दलले वर्तमान सरकार विघटन गरी नयाँ सरकार गठनको व्यवस्था मिलाउन प्रदेश प्रमुखलाई आग्रह गरेका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनसँग भेटेर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदले शंकर पोख्रेल नेतृत्वको वर्तमान सरकार अल्पमतमा रहेको भन्दै नयाँ सरकार बनाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले प्रदेशसभामा हाल कायम ८० सदस्यमध्ये आफ्नो पक्षमा ४२ जनाको समर्थन रहेको समेत बताएका छन् । पत्र बुझाउन चार दलका ३९ जना सांसद प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

पत्र बुझेपछि प्रदेश प्रमुख शेरचनले अध्ययन गरेर संविधान र कानून अनुसार अघि बढ्ने बताउनुभयो । विपक्षी दलले उठाएका मागबारे मुख्यमन्त्री शंकर पोखरेलसँग पनि परामर्श गर्ने उहाँले आश्वासन दिनुभयो ।

जनता समाजवादी पार्टीले तीन सांसदलाई कारवाही गरेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा एमालेका ३८ जनामात्रै सांसद छन् ।

दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएसँगै अल्पमतमा परेको भनेर विपक्षी दलले मुख्यमन्त्री पोखरेलको राजिनामा मागिरहेका छन् । तर उहाँले न त विश्वासको मत लिनुभएको छ नत राजीनामा दिने संकेत नै गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *