Main News

सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेको ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

हिमालय टिभी
२०७८ साउन १६ गते १७:२४
सीमा क्षेत्रमा नेपालीमाथि हुने गरेको ज्यादती रोक्न माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण

१६ साउन २०७८ काठमाडौंं । संयुक्त विद्यार्थी संगठनले सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै आज प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन काटिदिँदा व्यास गाउँपालिकाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै उनीहरुले ज्ञापनपत्र बुझाएका हुन् ।

उनीहरुले भारतीय सुरक्षाकर्मी एसएसबीको ज्यादतीको विरोध गर्दै तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने ज्यादती रोक्न माग गरेका छन् ।

जयसिंह धामी तुइन तरिरहँदा भारतीय सुरक्षा फौज एसएसबीले महाकाली नदीमा तुइन काटिदिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *