कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु, ३१०६ जना संक्रमित थपिए
१६ साउन २०७८ काठमाडौंं । नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । ३१ सय ६ जना संक्रमित थपिएका छन् ।
पछिल्लो पटक ९ हजार २ सय ६३ पीसीआर परीक्षण गर्दा २२ सय ८० र ४ हजार २ सय ५६ एन्टिजेन परीक्षणमा ८ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ७ सय ७५ संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ५ सय १७, ललितपुरमा एक सय ६४ र भक्तपुरका ९४ जना छन्। काठमाडौं बाहिर सबैभन्दा बढी चितवनमा २ सय ३२ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, कास्कीमा २ सय २, मोरङमा १ सय ६९, झापामा १ सय ५३ र सुनसरीमा १ सय १९ जना संक्रमित थपिएका छन् । संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ५७ पुगेको छ ।
पछिल्लो पटक १ हजार ९ सय १६ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१ हजार ३ सय ५५ पुगेको छ । ति मध्ये आइसीयुमा ७ सय ६ र भेन्टिलेटरमा १ सय ६६ जनाको उपचार भइरहेको छ ।
प्रतिक्रिया