Main News

काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम ९७.३५ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते १८:४२
काठमाडौं–तराई–मधेश द्रुतमार्गको काम ९७.३५ प्रतिशत पूरा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सडक आयोजनाका लागि गत आर्थिक वर्षमा कुल विनियोजित बजेटको ९७ दशमलव ३५ प्रतिशत कार्य प्रगति भएको जनाएको छ ।

गत आर्थिक वर्षमा ८ अर्ब ९६ करोड ८८ लाख विनियोजन भएकोमा वार्षिक प्रगति ९७ दशमलव ३५ प्रतिशत भएको हो । आयोजनाको स्वीकृत डिपीआर अनुसार १ सय ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेकोमा अहिलेसम्म २५ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको छ । जसबाट आयोजनाले १६ दशमलव १० प्रतिशत भौतिक प्रगति गरेको छ ।

पहुँच मार्ग एवं बेलिब्रिज निर्माण कार्य भइरहेको छ । नेपाली सेनाले आयोजनाको आवश्यकता अनुरुप ५ हजार १ सय ७२ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरिएकोमा ४ हजार ७ सय ४५ रोपनी जग्गा प्राप्ति भएको छ ।

हालसम्म ४ सय २७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको सेनाले जनाएको छ । खोकना बुङमति क्षेत्र समेतको स्थानीय विवादको कारण बाँकी जग्गा प्राप्तिमा बाधा परेकाले निर्माण कार्य समेत प्रभावित भएको नेपाली सेनाको भनाइ छ ।

आयोजना स्थलमा १ हजार १३ वटा रुख कटान गरिएको रुख कटानको बदलामा चरणबद्ध रुपमा वृक्षारोपण कार्य पनि भइरहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *