Main News

लुम्बिनी प्रदेश प्रमुख शेरचन देखिए गण्डकी डाइभर्सनको पक्षमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते १८:०९
लुम्बिनी प्रदेश प्रमुख शेरचन देखिए गण्डकी डाइभर्सनको पक्षमा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन गण्डकी डाइभर्सन परियोजनाको पक्षमा देखिनुभएको छ ।

बुटवलमा आज प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै पत्रकारसितको कुराकानीमा शेरचनले कालीगण्डकीमा पानीको बहाब नघट्ने गरी यसलाई डाइभर्सन गरेर तिनाउमा मिसाउनुपर्ने बताउनुभएको हो ।

डाइभर्सन गरेर जहाँको पानी जहाँ लगे पनि नेपालीले प्रतिफल पाउने उहाँले बताउनुभयो ।

संघीय सरकारले कालीगण्डकीको पानी तिनाउमा मिसाउने गरी गण्डकी डाइभर्सन योजना अघि बढाउन लागेको छ । जसको लुम्बिनी प्रदेशमा स्वागत भएको छ भने गण्डकी प्रदेशमा डाइभर्सन परियोजनाको विरोध हुँदै आएको छ ।

केपी ओली नेतृत्वको सरकारले शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट हटाएको थियो । उहाँले नयाँ सरकारले लुम्बिनीमा प्रदेश प्रमुख बनाएको हो । शेरचनले विवादित काम नगर्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।

प्रदेश प्रमुख शेरचनलाई प्रदेश प्रमुख कार्यालयका कर्मचारीले स्वागत गरेका थिए भने नेपाली सेनाले सलामी दिएको थियो । शेरचनको स्वागतमा प्रदेश सरकारका कोही पनि गएनन् ।

यसअघि धर्मनाथ यादव प्रदेश प्रमुख भएर आउँदा तत्कालिन आन्तरिक मामिला तथा योजना मन्त्री कुलप्रसाद केशी पुग्नुभएको थियो भने बिदाईमा मुख्यमन्त्री शंकर पोखरले स्वयम् उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *