Main News
मदन पुरस्कारका लागि विभिन्न ९ वटा पुस्तक छनोट
२०७८ साउन १५ गते १७:०८

१५ साउन २०७८ काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७७’ का लागि विभिन्न ९ पुस्तक छनोट गरेको छ।
गुठीले प्राप्त २ सय २२ पुस्तक मध्येबाट ९ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो ।
श्रेष्ठ सूचीमा परेका पुस्तकमा गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुँवरको ‘रमिते’ र भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९(२०२०’ छन् ।
उत्कृष्ट १० पुस्तकको छनोटका लागि मदन पुरस्कार गुठीले समिति गठन गरेको थियो। श्रेष्ठ सूचीमा परेका नौमध्ये एक पुस्तकलाई २०७७ को मदन पुरस्कार प्रदान गरिनेछ।
प्रतिक्रिया