कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै
![कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक आज बस्दै](https://www.himalayatv.com/wp-content/uploads/2021/02/pm-office-cabinet.jpg)
१५ साउन २०७८ काठमाडौं । कोरोना संक्रमण फेरि बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बस्दैछ ।
दिउँसो ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ । सचिवालयका अनुसार कोरोना संक्रमण बढ्न थालेपछि त्यसको रोकथामको उपायका सन्दर्भमा छलफल हुने छ ।
सीसीएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माका अनुसार आज बस्ने बैठकमा कोरोनाविरुद्धको खोप व्यवस्थापन, भिडभाड नियन्त्रण गरी संक्रमण रोक्नेलगायत विषयमा छलफल हुनेछ ।
हिजो मात्र ३ हजार ३ सय ६५ जना नयाँ कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि उपस्थित हुनुहुनेछ। सिसीएमसी समितिमा प्रधानमन्त्री प्रमुख हुनुहुन्छ ।
प्रतिक्रिया