Main News

खोप कार्डले मान्यता नपाएपछि नेपाली युवा समस्यामा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १५ गते ९:३४
खोप कार्डले मान्यता नपाएपछि नेपाली युवा समस्यामा (भिडियो रिपोर्टसहित)

१५ साउन २०७८ काठमाडौं । सरकारले विदेश जाने युवाको खोप कार्ड प्रमाणीकरण गर्न अस्पताल तोकेको छ । तर सरकारले प्रमाणिकरण गरेको खोप कार्डलाई कतिपय देशले मान्यता नदिँदा युवा समस्यामा परेका छन् । ति देशले कार्डमा क्युआर कोर्ड पनि हुनुपर्ने नियम बनाएका छन् ।

केशव सञ्जेल ८ दिन अघि घण्टौं लाईनमा बसेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट खोप लगाएको प्रमाणीकरण गर्नूभयो । खोप लगाउन उत्तिकै सास्ती भयो, खोप कार्डको प्रमाणिकरण गर्न त्यो भन्दा गाह्रो भयो ।

खोप कार्ड प्रमाणिकरण भएपछि उहाँलाई अब त विदेश जान पाइने भयो भन्ने लागेको थियो । तर सरकारले प्रमाणिकरण गरेको कार्ड काम नलागेपछि सञ्जेल अहिले समस्यमाा हुनुहुन्छ । यस्तै समस्यामा परेका युवाले क्युआर कोडको व्यवस्था गरिदिन माग गर्दै स्वास्थ्य सेवा विभाग अगाडी नाराबाजी गरे ।

क्युआर कोड नहुँदा युवालाई समस्या भएको छ । कम्पनीले बोलाएको बोलाइ छ । समयमै नपुगे जागिर नपाउने उनीहरुमा चिन्ता छ ।

कुवेत सरकारले क्युआर कोड अनिवार्य गरेकाले सोही अनुसार व्यवस्था गरिदिन युवाले माग गरेका छन् । तर सरकारी निकायले भने यसलाई गम्भिरता पूर्वक नलिएको गुनासो उनीहरुको गुनासो छ ।

कूटनीतिक पहल गरेर भएपनि कुवेत जाने वातावरण मिलाइदिन उनीहरुले माग गरेका छन् ।

क्युआर कोडका करण विदेश जान नपाउने युवाको संख्या ५ सय भन्दा बढी छ । सरकारलाई खोप कार्डमा क्युआर कोड आवश्यक पर्नेबारे सरकारलाई पनि जानकारी छ । तर समाधानका लागि कुनै पहल गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *