Main News

न्यायाधीश नियुक्तिबाटै न्यायालयमा भ्रष्टाचार हुने ठहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १४ गते २०:५१
न्यायाधीश नियुक्तिबाटै न्यायालयमा भ्रष्टाचार हुने ठहर (भिडियो रिपोर्टसहित)

१४ साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले गठन गरेको एक समितिले न्यायाधीश नियुक्ति प्रक्रिया शुरु भएदेखि नै भ्रष्टाचार हुने गरेको निष्कर्ष निकालेको छ।

न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित विकृतिविहीन न्यायपालिका सम्बन्धी समितिले तयार पारेको प्रतिवेदनमा न्याय परिषद्को संरचना राजनीतिक खालको भएकाले सक्षम न्यायाधीश नआउने र न्यायाधीश नियुक्तिदेखि नै भ्रष्टाचार सुरू हुने निष्कर्ष निकालेको छ ।

न्यायाधीशनै बिचौलिया हुने गरेको ठहर समितिको ठहर छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रतिवेदन बुझाएको छ ।

न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले समस्या देखिएको ठहर गरेको छ ।

समितिका सदस्य बार एशोसिएसनका अध्यक्ष श्रेष्ठले न्यायालय सुधारका लागि विभिन्न ठाउँमा गर्नुपर्ने सुधारका लागि सुझाव दिइएको र प्रधानन्यायाधीश राणाले कार्यान्वयन गर्ने आश्वासन दिएको जानकारी दिनुभयो ।

न्यायपालिकाको विकृति, विसंगति अनियमितता, भ्रष्टाचार एवं विचौलियाको चलखेलबारे अध्ययन गर्न गठित समितिले न्यायालय सुधारका लागि न्यायिक नेतृत्व अर्थात न्यायपरिषदका समेत अध्यक्ष रहने प्रधान्यायाधीशको भूमिका महत्वपूर्ण हुने ठहर गर्दै प्रधानन्यायाधीशको भूमिका त्यसै अनुसार हुनुपर्नेमा जोड दिएको छ ।

प्रधानन्यायाधीश जबराले न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत, नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डे, बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेल, सर्वोच्च बारका सचिव ऋिषिराम घिमिरे सदस्य रहेको समितिले गठन गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *