Main News

उपत्यकामा आज कोरोनाविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा लगाइँदै

हिमालय टिभी
२०७८ साउन १४ गते ७:५१
उपत्यकामा आज कोरोनाविरुद्धको चिनियाँ खोपको पहिलो मात्रा लगाइँदै

१४ साउन २०७८ काठमाडौं । आज देखि काठमाडौं उपत्यकाका तीनै जिल्लामा पहिलो मात्राको चिनियाँ भेरोसेल खोप अभियान शुरु हुँदैछ।

५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। खोप केन्द्रको व्यवस्था भने स्थानीय तहले गर्ने जनाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ। जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुले पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *