Main News

काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

हिमालय टिभी
२०७८ साउन १४ गते ६:४३
काठमाडौँको नारायणटारबाट नगदसहित पाँच जुवाडे पक्राउ

१४ साउन २०७८ काठमाडौं । महानगरीय प्रहरी वृत बौद्धले काठमाडौँ नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले रु तीन लाख ५९ हजार नगदसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताउनुभयो ।

मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँचजनालाई पक्राउ गरेको हो ।

बुधबार साँझ प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो । जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको हो । पक्राउ परेका निजहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *