Main News

कोरोना संक्रमण झनै बढ्यो, थप ३३ जनाको मृत्यु, ३८४० संक्रमित थपिए

हिमालय टिभी
२०७८ साउन १३ गते १७:२०
कोरोना संक्रमण झनै बढ्यो, थप ३३ जनाको मृत्यु, ३८४० संक्रमित थपिए

१३ साउन २०७८ काठमाडौं । नेपालमा कोरोना संक्रमणदर दिन प्रतिदिन बढ्दै गएको छ । पछिल्लो पटक संक्रमणदर २४ प्रतिशत नाघेको छ ।

स्वास्थ्य मन्त्रालयको विवरण अनुसार पछिल्लो पटक १५ हजार ८ सय ८ परीक्षण गर्दा ३८ सय ४० जनामा संक्रमण पुष्टि भएको छ । यो २४ दशमलव दुई प्रतिशत हो । १० हजार ८ सय ८६ पीसीआर परीक्षण गर्दा २६ सय ३४ र ४ हजार ९ सय २२ एन्टिजेन परीक्षण गर्दा १२ सय ६ जनामा संक्रमण देखिएको छ ।

थपिएका संक्रमित मध्ये साढे ८ सय भन्दा बढी काठमाडौं उपत्यकामा छन् । काठमाडौंमा ५ सय ५९, ललितपुरमा २ सय ६ र भक्तपुरमा ९४ संक्रमित थपिएका छन् । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढेको छ ।

पछिल्लो पटक ३३ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । यो संगै मृतकको संख्या ९ हजार ७ सय ९१ पुगेको छ । थप १९ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

यसआधारमा सक्रिय संक्रमितको संख्या बढेर २९ हजार ४ सय ४४ पुगेको छ । ति मध्ये ६ सय ११ जनाको आइसीयू र १ सय ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *