Main News

कोरोनाविरुद्धको खोप – कति खोप आउँदैछ ? सरकारको तयारी कस्तो छ त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १३ गते १४:१९
कोरोनाविरुद्धको खोप – कति खोप आउँदैछ ? सरकारको तयारी कस्तो छ त ? (भिडियो रिपोर्टसहित)

१३ साउन २०७८ काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक भने खोप आएपछि पनि खोप लगाउनबाट बञ्चित छन् । कति खोप आउँदैछ र सरकारको तयारी कस्तो छ त ? हेरौं–

असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार डोज खोप नेपाल आउने स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । मन्त्रालयका अनुसार कोभ्याक्स अन्तर्गत जापानबाट एस्ट्राजेनिकाको १६ लाख डोज कोभ्याक्स अन्तर्गतकै राष्ट्रसंघबाट ३ लाख ४८ हजार डोज, वैदेशिक अनुदानबाट साउनको अन्तिम साता १६ लाख डोज, भारतसँग खरिद गरिएको कोभिसिल्ड १० लाख डोज र ६० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ ।

खोप आउने क्रम जारी छ । तर नागरिकले भने समयमै खोप लगाउन पाएका छैनन । किनभने सरकारले खोप अभियानलाई व्यवस्थित गर्न सकेको छैन । खोप नपाउँदा नागरिक असन्तुष्ट छन् ।

सरकार भने सबै क्षेत्रमा खोप पुर्‍याएको दाबी गर्छ । खोप आजको भोलि नै सम्बन्धित निकायमा पुर्याउन नसकिने भएकाले पनि समस्या भइरहेको सरकारी अधिकारी बताउँछन् ।

सरकारले ७२ प्रतिशत नागरिकलाई खोप दिने बताएपनि अहिलेसम्म ६ प्रतिशतले मात्रै दुबै डोज पाएका छन् ।

यो महिनाको अन्त्यसम्म ५५ लाख भन्दा बढि नागरिकलाई खोप लगाउने सरकारको लक्ष्य छ । तर अहिले खोप केन्द्र व्यवस्थित नहुँदा लगाउने कार्य निकै सुस्त छ । अहिले सरकारसँग ७ लाख डोज खोप मौज्दात भएपनि लगाउन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *