Main News

सर्लाहीको भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको शव फेला

हिमालय टिभी
२०७८ साउन १३ गते १३:१२
सर्लाहीको भेल्हीस्थित एक पोखरीमा ९ दिनको शिशुसहित तीन जनाको शव फेला

१३ साउन २०७८ सर्लाही । सर्लाहीको ब्रहृमपुरी–३ भेल्हीको एक पोखरीमा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ ।

ब्रम्हपुरी गाउँपालिका–३ का स्थानीय सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी, उनकी १८ महिनाकी छोरी रमा र नौ दिनका छोराको शव पोखरीमा फेला परेको एसपी सन्तोष सिंह राठोरले जानकारी दिनुभयो ।

रिकेवादेवी गएराति नाबालक छोराछोरीसहित घरबाट निस्किएकी थिइन् । तीनैजनाको शव आज बिहान सूर्यवंश चौधरीको निजी पोखरीमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

शव निकालेर पोष्टमार्टमका लागि मलंगवा पठाइएको र अनुसन्धान जारी राखेको एसपी राठोरले जानकारी दिनुभयो । श्रीमती र बच्चा खोज्न भनेर घरबाट निस्किएका रिकेवादेवीका श्रीमान सञ्जीव पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

घटना हत्या हो वा आत्महत्या भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले रिकेवदेवीको मानसिक सन्तुलन ठिक नभएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *