Main News

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन १३ गते १३:०७
गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

१३ साउन २०७८ गुल्मी । गुल्मीको मुसिकोटमा आज विहान यात्रुबाहक जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास तर्फ आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसीकोट नगरपालिका ४ भङ्ल्याङमा दुर्घटना भएको हो ।

दुर्घटनामा चन्द्रकोट गाउपालिका वडा नम्वर ५ हरेवाका रेशम कार्की, शान्तिपुर घर भइ हरेवामा होटल गरि बस्ने तेज बहादुर खत्री र रेसुङ्गा नगरपालिका वडा नम्वर २ बाख्रेछेडाका सुनिता विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि पाल्पा ल्याइएको छ । अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

अधिकांश घाइते चन्द्रकोट गाउँपालिकाका छन् । गाडिमा ११ जना सवार रहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिव ४ सय सय मिटर तल खसेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *