निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर (भिडियो रिपोर्टसहित)
१२ साउन २०७८ काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईंसहित अरु तीन जनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
एउटै योजना कार्यालयबाट एउटै चेनेजमा दुईवटा ठेक्काबाट एउटै प्रकृतिको काम ओभरल्याप गरिएको अख्तियारले जनाएको छ ।
एउटा ठेक्काबाट डीपीआर अनुसारको इष्टिमेट तयार भई भएको कामको भुक्तानी भइसकेपछि फेरि त्यही चेनेजमा त्यही प्रकृतिको अर्को ठेक्काबाट काम गराई विल तयार पारी भुक्तानी लिने र दिने काम गरी ६८ लाख ९३ हजार ७ सय ७८ रुपैयाँ ५ पैसा हिनामिना गरिएको अख्तियारको दावी छ ।
सिंह महादेव खिम्ती निर्माण सेवा प्रालिका प्रबन्ध निर्देशक हुन् । उनीविरुद्ध ६८ लाख ९३ हजार ७७८ रुपैयाँ ५ पैसा विगो माग दावी गरिएको छ ।
त्यस्तै अख्तियारले योजना प्रमुख विजय चापागाईं, तत्कालिन इन्जिनियर दीपककुमार खड्का, तत्कालिन सब इन्जिनियर गजेन्द्रप्रसाद राउतलाई पनि सोही बराबरको विगो माग दावी भएको छ ।
तत्कालिन लेखा अधिकृत दुर्णप्रसाद फुयालसँग २१ लाख ४९ हजार ८१८ रुपैयाँ विगो माग गरिएको छ ।
प्रतिक्रिया