Main News

नेपालका सबैजसो कोरोना संक्रमितमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १९:०३
नेपालका सबैजसो कोरोना संक्रमितमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । नेपालमा पछिल्लो पटक पहिचान भएका कोरोना संक्रमित सबैजसोमा डेल्टा र डेल्टा प्लस भेरिएन्ट पाइएको छ ।

अन्य भेरियन्टभन्दा बढी संक्रामक मानिएको डेल्टाकै कारण संक्रमण नियन्त्रणमा आउन नसकेको देखिएको छ ।

पछिल्लो पटक गरिएको ४७ नमूनाको जिनोमिक सिक्वेन्सिङमा सबैमा डेल्टा भेरियन्ट पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा ४३ जनामा डेल्टा र ३ जनामा त्यसको थप म्युटेसन पाइएको छ ।

डेल्टामा हुने थप म्युटेसनलाई डेल्टा प्लसको नामले पनि चिनिन्छ । यसअघि पनि नेपालमा ४८ वटा नमुना परीक्षण गर्दा ९ जनामा डेल्टा प्लसको संक्रमण पाइएको थियो ।

जेठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागका विभिन्न उमेर समूहबाट नमूना संकलन गरी परीक्षणका भारतको नयाँ दिल्ली पठाइएको थियो ।

नेपालमा हालसम्म डेल्टावाहेक अल्फा र कप्पा भेरिन्ट पुष्टि भएको छ । यी सबै भेरियन्ट सबै उमेर समूहका व्यक्तिका लागि जोखिमपुर्ण भएको भन्दै मन्त्रालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *