Main News
कांग्रेस क्रियाशील सदस्यता वितरणमा समिति सदस्य गुरुङले किन जनाए असहमति ? (भिडियो रिपोर्टसहित)
२०७८ साउन १२ गते १८:५४

१२ साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन नेतृत्वलाई बुझाए पनि समितिकै सदस्य कल्याण गुरुङले त्यसको वैधानिकतामाथि प्रश्न उठाउनुभएको छ ।
विधि प्रक्रिया पूरा नगरी सदस्यताको टुंगो लगाइएको भन्दै गुरुङले लिखित असहमति राख्नुभएको छ ।
क्रियाशील सदस्यका बारेमा वडादेखि जिल्ला तहसम्मका पार्टी कमिटीले गरेका आधिकारिक निर्णय नै प्राप्त नभएको र त्यत्तिकै क्रियाशील सदस्यता टुंग्याइएको गुरुङको आरोप छ ।
रमेश लेखक नेतृत्वको समितिले आज ८ लाख ५२ हजार ७ सय ११ जना क्रियाशील सदस्य टुंगो लगाएर सभापति देउवालाई प्रतिवेदन बुझाएको हो ।
प्रतिक्रिया