Main News

नयाँ सरकारलाई सांसद गगन थापाले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १२ गते १६:३७
नयाँ सरकारलाई सांसद गगन थापाले दिए यस्तो चेतावनी (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । सांसद गगन कुमार थापाले वर्तमान सरकार र संसदसँग धेरै अपेक्षाहरु रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै सांसद थापाले नयाँ सरकारलाई कुनैपनि प्रकारको अपराध गर्ने छुट नरहेको बताउनुभयो । संसद मनोमानी ढंगले छल्न र स्थगित गर्न नदिइने भन्दै उहाँले यसका लागि सभामुखको पनि परीक्षा हुने बताउनुभयो ।

उहाँले अब सभामुख र सांसदहरुको कर्मले संविधानप्रति गुमेको जनविश्वासलाई पुनर्स्थापित गर्नुपर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘पुनर्स्थापित संसदले सरकारलाई विश्वासको मत दिएसँगै नयाँ अध्याय प्रारम्भ भएको छ । यो अध्यायको सुखान्तका लागि सरकार र संसद दुवैसँग नयाँ अपेक्षाहरु छन् । संसदलाई हेप्ने, अदालतलाई हप्काउने, न विधि मान्ने न विज्ञानलाई पत्याउने, स्थानीय र प्रदेश सरकारलाई पंगु बनाउने, जनताको दुहाई दिने तर आसेपासे पोस्ने, बाहिर सिंहजस्तो गर्जने, भित्र लम्पसार पर्ने यस्तै यस्तै परिचय बनाएर बालुवाटारबाट बार्दली पुगेको छ अघिल्लो सरकार । नयाँ सरकारलाई यस्तो कुनैपनि अपराध गर्ने छुट छैन ।

सांसद थापाले त्यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो–‘यस्तो हुन नदिन संसदले पनि संकल्प गर्नुपर्दछ । न त यो संसदलाई बेवास्ता गर्न दिइनेछ, न त कामविहीन बनाउन । न त मनोमानी ढंगले स्थगित गर्न दिइनेछ, न त छल्न । यो संसद सरकारसँग डराउने होइन, सरकार यो संसदसँग डराउनुपर्नेछ । सांसदको प्रश्नसँग, संसदको निगरानीसँग । परीक्षा प्रधानमन्त्रीको मात्र होइन, सभामुखको पनि छ । यो संसद जोगाउन लाग्ने हामी प्रत्येक सांसदको छ । संविधानको धाराले प्रतिनिधि सभा पुनर्स्थापना भयो भने सांसदको अधिकारले सरकार । अब सभामुख र हाम्रो कर्मले संसद र संविधान प्रति गुमेको जनविश्वासलाई पुर्नस्थापित गर्नुपर्नेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *