Main News

इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो

हिमालय टिभी
२०७८ साउन १२ गते ८:५९
इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो

१२ साउन २०७८ काठमाडौं । इजरायलले नेपालबाट सुसारे अर्थात केयर गिभरको रुपमा १ हजार नेपाली दक्ष श्रमिकको माग गरेपछि वैदेशिक रोजगार विभागले आवेदन खुलाएको छ ।

इजरायलबाट बालबालिका र वृद्धवृद्धाको हेरचाह गर्ने कामदारको रुपमा माग आएको हो । इजरायल र नेपाल सरकारबीच भएको सम्झौता अनुसार इजरायलबाट माग आएको र आज विज्ञापन खुलाइएको वैदेशिक रोजगार विभागका निर्देशक महेन्द्रनाथ भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारको रूपमा काम गर्नका लागि योग्यता पुगेका नेपाली नागरिकले आवेदन खुला गरिएको २१ दिनभित्रमा विभागको वेबसाइटबाट आवेदन दर्ता गर्न सक्नेछन् ।

अनलाइन आवेदन वैदेशिक रोजगार विभागको वेबसाइट ferms.dofe.gov.np मा गएर भर्न सकिनेछ । नेपालबाट २५ देखि ४५ वर्ष उमेरका, कक्षा १२ उत्तीर्ण गरेका, यससम्बन्धि तालिम लिएका तथा स्वास्थ्य सम्बन्धी विषय पढेका व्यक्ति इजरायल जान पाउनेछन् ।

नेपाल र इजरायल सरकारबीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता भएको थियो । प्रतिष्पर्धाको आधारमा श्रमिक छनौट हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया

One thought on “इजरायलमा १ हजार कामदार जान पाउने, अनलाइन आवेदन खुल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *