राजनीति

पार्टी एकताको पक्षमा थप प्रयास गर्ने एमाले नेपाल समूहको निष्कर्ष (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन ११ गते १७:५१
पार्टी एकताको पक्षमा थप प्रयास गर्ने एमाले नेपाल समूहको निष्कर्ष (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । नेकपा (एमाले)को माधव नेपाल–झलनाथ खनाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ ।

नेपाल–खनाल समूहको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समिति बैठकमा नेताहरुको पार्टी एकताका लागि भइरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा जोड दिएको हो ।

बैठकले पार्टी एकताका लागि भइरहेको प्रयासलाई बिथोलिने गरी अभिव्यक्ति नदिन पार्टीका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाललाई आग्रह समेत गरेको छ ।

“पार्टी एकताका लागि भएका प्रयासहरु धेरै हदसम्म सकारात्मक छन् । ती प्रयासहरुलाई छिटो टुंगोमा पुऔयाउनका लागि थप प्रयास गरौं भन्ने कुरा भयो । सबैै नेताहरुले पार्टी एकतामा जोड दिने कुरामा सहमति जनाएका छन ।”

नेता रघुजी पन्तले बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “तर दुवै पक्षका शीर्ष नेताहरुले पार्टीको एकताका लागि भएका प्रयासहरुलाई बिथोलिने गरी अभिव्यक्ति दिनु भएन् । नेकपा एमालेका देशभरका कार्यकर्ता, मतदाताहरु र मुलुकको राष्ट्रियता र लोकतन्त्रलाई माया गर्ने जनताहरु एमालेको एकता चाहन्छन भन्ने आत्मबोध गरिएको छ । त्यसैैले पार्टी एकतालाई गम्भिरतापूर्वक अघि बढाउँदै सफल बनाउनुपर्छ भन्नेमा जोड दिइएको छ ।”

बैठकले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच छिट्टैै भेट हुने विश्वास पनि व्यक्त गरेको छ । शीर्ष नेताहरुलाई भेटघाटका लागि आग्रह गरिएको पनि नेता पन्तले जानकारी दिनु भयो । पार्टीलाई एकतावद्ध बनाउँदैै देशव्यापी रुपमा सशक्त ढंगले अघि बढन आफूहरु तयार रहेको उहाँले बताउनु भयो ।

बैठकमा संविधानको रक्षा, प्रतिनिधिसभाको पुनस्र्थापनासँगै यसको प्रभावकारी काम कार्वाहीलाई कसरी अघि बढाउने भन्ने विषयमा पनि नेताहरुले छलफल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्