Main News

असोजदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

हिमालय टिभी
२०७८ साउन ११ गते १५:१५
असोजदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने सरकारको चेतावनी

११ साउन २०७८ काठमाडौं । स्वास्थ्य मन्त्रालयले असोज मध्येदेखि कोरोना महामारीको तेस्रो लहर आउन सक्ने जनाएको छ ।

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा आज मन्त्रालयका अधिकारीले असोज १५ को हाराहारीमा तेस्रो लहर आउन सक्ने बताएका हुन् ।

बैठकमा मन्त्रालयका सहसचिव गंगा लोहनीले तेस्रो लहर शुरु भएपछि मंसिरसम्म करिव २ लाख संक्रमित थपिन सक्ने आंकलन पनि रहेको उल्लेख गर्नुभयो ।

तेस्रो लहरमा खोप नलगाएका र बालबालिका बढी प्रभावित हुन सक्ने मन्त्रालयको आंकलन छ । सोही अनुसार तयारी अघि बढाइएको लोहनीले संसदीय समितिमा जानकारी गराउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *