Main News

स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १९:१०
स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका व्यवसायी सांसद उमेश श्रेष्ठलाई स्वार्थ बाझिने स्वास्थ्य मन्त्रालयमा राज्यमन्त्री बनाउनुभएको छ ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई आज स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी आफैले राखेर प्रधानमन्त्री देउवाले श्रेष्ठलाई स्वास्थ्यमन्त्री बनाउनुभएको छ ।

श्रेष्ठको नियुक्तीसँगै मन्त्रिपरिषद ६ सदस्यीय भएको छ । गठबन्धनमा रहेका दलले सरकारमा पठाउने व्यक्ति छनौट गर्न नसकेपछि प्रधानमन्त्रीले देउवाले मन्त्रिपरिषद विस्तार गर्न सक्नुभएको छैन ।

कोरोना महामारी नियन्त्रणमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी बढी हुने भएकाले देउवाले तत्काल काम चलाउन श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनु भएको हो । मुलुक कोरोना संकटबाट जुधिरहेका बेला स्वास्थ्यमन्त्री नियुक्त नभएपछि प्रधानमन्त्रीमाथि छिटो नियुक्तिको लागि दबाब परेको थियो ।

तर प्रधानमन्त्रीले श्रेष्ठलाई राज्यमन्त्री मात्रै बनाउनुभएको छ । नवनियुक्त स्वास्थ्यमन्त्री श्रेष्ठलाई आजै प्रधानमन्त्री देउवाले सिंहदरबारमा सपथ गराउनु भएको छ । सपथ लगत्तै श्रेष्ठले सरकारी अस्पताल राम्रो बनाउने र कोरोना खोप पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

विज्ञ र नागरिक समाजका तर्फबाट योग्य र इमानदार व्यक्तिलाई मन्त्री बनाउन माग भैरहेका बेला प्रधानमन्त्री देउवाले स्वार्थ बाझिने व्यक्तिलाई राज्यमन्त्री बनाउनुभएको छ ।

व्यावसायिक पृष्ठभूमिका श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालय दिइएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना शुरु भएको छ । नेपाली कांग्रेसका समानुपातिक सांसद श्रेष्ठ लिटल एन्जल्स स्कूलका सञ्चालक हुनुहुन्छ ।

प्याब्सनका पूर्व अध्यक्षसमेत रहेका श्रेष्ठले पछिल्लो समय जलविद्युत र अस्पतालमा लगानी गरिरहनु भएको छ । उहाँले अस्पतालको चेन बनाउने भन्दै केही समय अघि ५० करोड रुपैयाँ लगानी गर्ने घोषणा गर्नुभएको थियो ।

जनमैत्री, महेन्द्रनारायण निधि अस्पतालमा श्रेष्ठको लगानी छ । उहाँले होटल, घरजग्गा तथा कृषिमा पनि लगानी हुनुहुन्छ ।

प्रतिक्रिया

One thought on “स्वास्थ्य क्षेत्रमा लगानी बढाइरहेका कांग्रेस सांसद श्रेष्ठलाई स्वार्थ बाझिने मन्त्रालयको जिम्मेवारी (भिडियो रिपोर्टसहित)

  1. व्यापारीले व्यापार गर्छ,आफ्नो र समुहको फाईदा हेर्छ,भुत्राको जनताको सेवा गरोस!

Leave a Reply

Your email address will not be published. Required fields are marked *