Main News

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी

हिमालय टिभी
२०७८ साउन १० गते १८:४२
टेलिकमका प्रबन्ध निर्देशक अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी

१० साउन २०७८ काठमाडौं । सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमका कर्मचारी युनियनहरुले नयाँ विनियमावली संशोधन नगरेसम्म प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने चेतावनी दिएका छन् ।

आफ्नो निहित स्वार्थका लागि कर्मचारीहरुको हितविरुद्ध हुने गरी नयाँ विनियमावली ल्याएको दावी गर्दै सो विनियमावली संशोधन गरेर आफूहरुको माग सम्बोधन नगरेसम्म एमडी अधिकारीलाई कार्यालय प्रवेश गर्न नदिने प्रतिक्रिया दिएका हुन ।

युनियनहरुले ४ दिनयता विनियमावलीको विरोधमा टेलिकम केन्द्रीय कार्यालयमा धर्नासहितको विरोध प्रदर्शनन गर्दै आएका छन् ।

प्रबन्ध निर्देशक अधिकारीले आफ्नो निहित स्वार्थपूर्ति हुने गरी सो विनियमावली ल्याएकोमा आपत्ति जनाउँदै संघर्षलाई निरन्तरता दिनु परेको नेपाल टेलिकम कर्मचारी युनियनका कार्यबाहक अध्यक्ष वीरेन्द्रलाल जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *