Main News

सदस्यता विवाद टुंगो लगाएर निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा जोड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १८:३६
सदस्यता विवाद टुंगो लगाएर निर्धारित मितिमै महाधिवेशन गर्नुपर्नेमा जोड (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले क्रियाशील सदस्यता विवाद टुंगाएर निर्धारित मितिमै महाधिवेशन गर्न जोड दिएको छ ।

महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसेको पौडेल पक्षको बैठकले क्रियाशील सदस्यता छानबिन समितिले छिटो विवाद समाधान गरी महाधिवेशन सुनिश्चित गर्नुपर्नेमा जोड दिएको हो ।

विवाद भएका वडाहरुमा सहमति हुन नसकेमा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यलाई निरन्तरता दिने र नयाँ क्रियाशील सदस्यलाई प्रक्रिया पूरा गरी १५ औं महाधिवेशनका लागि मान्यता दिनुपर्ने पौडेल पक्षको मत छ ।

बैठकपछि नेता अर्जुन नरसिंह केसीले विधि र पद्धति अनुसार क्रियाशील सदस्यता विवाद टुंगाउनुपर्ने बताउनुभयो ।

बैठकमा सरकार सञ्चालन र मन्त्रीपरिषद विस्तारको बिषयमा भने छलफल नभएको नेता केसीले स्पष्ट पार्नुभयो । क्रियाशील सदस्यता विवादकै कारण साउन १२ गते देखि सुरु हुने भनिएको वडास्तरको अधिवेशन स्थगित भएको छ ।

महाधिवेशनको नयाँ कार्यतालिकाको अझै टुंगो लागेको छैन् । संवैधानिक र कानूनी प्रावधानका कारण कांग्रेसको महाधिवेशन भदौ १९ गते भित्र हुनै पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *