जसपा अध्यक्ष ठाकुरले दिएको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

१० साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
दलको आधिकारिकताका लागि बहुमत कार्यकारिणी सदस्य परीक्षण गर्न हेड काउन्ट गर्ने निर्वाचन आयोगको निर्णय रोक्न माग गर्दै ठाकुर सर्वोच्च अदालत जानुभएको थियो । तर अदातलतले त्यसलाई अस्वीकार गरेको छ ।
न्यायाधीश कुमार रेग्मीको इजलासले यस विषयमा दुबै पक्षलाई साउन १५ गते छलफलका लागि बोलाएको छ । त्यस्तै निर्वाचन आयोगको निर्णयको सक्कल प्रति पनि मगाएको छ ।
निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा साउन ११ गते सबै कार्यकारिणी समिति सदस्यलाई उपस्थित हुन आदेश दिएको छ ।र आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको थियो । तर अब आयोगलाई हेड काउन्ट गर्ने बाटो खुलेको छ ।
आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि साउन ११ गते बोलाएको छ ।
यो आधारमा उपेन्द्र यादवले आधकारिकता पाउने पक्का छ । पार्टीको आधिकारिकता विवाद निरूपण गर्न आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ गरेको थियो ।
यसअघि दुवै पक्षलाई मेलमिलापका लागि बोलाए पनि उनीहरू सहमत नभएपछि आयोगले इजलासबाट निरूपण प्रकृया अघि बढाएको थियो ।
तत्कालिन प्रधानमन्त्री केपी शर्मा नेतृत्वको सरकारलाई लिएर पार्टीको विवाद उत्कर्षमा पुगेपछि जसपाका अध्यक्ष यादवको समूहले पार्टीमा आधिकारिकता दाबी गरेको थियो। उसले आफूसँग बहुमत सदस्य रहेको दाबी गर्दै आएको छ।
यसैबीच कार्यकारिणी समितमा बहुमतमा रहेको यादव पक्षले कार्यकारिणी सदस्य र सांसदहरुलाई गोदावरीमा रिसोर्टमा लगेर राखेको छ । भोलि त्यतैबाट उनीहरु निर्वाचन आयोग जानेछन ।
प्रतिक्रिया