Main News

नेता नेपालसहितको समूहलाई पार्टीमा फर्कन अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ साउन १० गते १७:०८
नेता नेपालसहितको समूहलाई पार्टीमा फर्कन अध्यक्ष ओलीको आग्रह (भिडियो रिपोर्टसहित)

१० साउन २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवुकमार नेपालसहितको समूहलाई पार्टीमा फर्किन आग्रह गर्नुभएको छ ।

अखिल नेपाल महिला संघको भर्चुअल कार्यक्रमा ओलीले पार्टीले क्षमा गर्ने भन्दै फर्किन आग्रह गर्नुभएको हो । तर माफी गर्ने आफूले नभई पार्टीले गर्ने ओलीले प्रष्टिकरण दिनुभयो ।

केही व्यक्तिहरु प्रतिक्रियावादीसँग मिलेर पार्टी फुटाउने काममा लागेको ओलीको आरोप छ । भ्रममा नपर्न र पार्टीमा फर्किन ओलीको आग्रह छ ।

संसद ब्यूँताउने र देउवालाई प्रधानमन्त्री बनाउने कदम प्रतिगमन भन्दै ओलीले देश निकै अफ्ठेरो मोडमा आएको बताउनुभयो ।

अहिलेको गठबन्धन सरकार विचार र सिद्धान्तमा नमिले पनि सबै खानका लागि कृत्रिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको ओलीले दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *