Main News

जसपा विवादसम्बन्धी मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

हिमालय टिभी
२०७८ साउन १० गते १३:०७
जसपा विवादसम्बन्धी मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

१० साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा सुनुवाइ भइरहेको छ ।

केन्द्रीय कार्यकारिणी सदस्य गनेर आधिकारिकता दिने निर्वाचन आयोगको कदम रोक्न माग गर्दै ठाकुर पक्ष सर्वोच्च गएको थियो । आयोगको उक्त निर्णय रोक्न अदालतले परमादेश जारी गर्नुपर्ने ठाकुर पक्षको माग छ।

आयोगले भोलि जसपाबारे टाउको गनेर आधिकारिकता दिने तयारी गरेको छ । अल्पमतमा रहेको ठाकुरको तर्फबाट प्रदीप पाठकले दायर गरेको रिटमा कार्यकारिणी समितिमा गरेको हेरफेरलाई अद्यावधिक नगरी विवाद निरुपण प्रक्रिया अघि बढाउँदा पार्टी केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुने रिटमा दाबी गरिएको छ।

आधिकारिकता विवाद टुंगो लगाउन इजलास गठन गरेर सुनुवाइ गरेको आयोगले २०७७ असार १२ गते दर्ता भएको कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि भोलि बोलाउने निर्णय गरेको थियो ।

भोलि हेडकाउन्ट गर्दा जसपामा कायम समीकरणमा कुनै हेरफेर नभए उपेन्द्र यादव पक्षले आधिकारिकता पाउनेछ । पार्टीको आधिकारिकता विवाद निरूपण गर्न राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अन्तर्गत सुनुवाइ भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *