Main News

निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा, अझै पत्ता लागेन हत्यारा

हिमालय टिभी
२०७८ साउन १० गते ८:५८
निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा, अझै पत्ता लागेन हत्यारा

१० साउन २०७८ काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पूरा भएको छ ।

यसबीचमा हत्याको अनुसन्धानका लागि विभिन्न समिति गठनदेखि दवाव दिइए पनि सत्यतथ्य खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको बताउनुभयो ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताउनुभयो । उहाँका अनुसार अहिले पनि कञ्चनपुरमा घटना अनुसन्धानका लागि प्रहरीका तीनवटा टोली सक्रिय छन् ।

अनुसन्धानका क्रममा ६ सयजनालाई लिखित कागजात बनाएरै सोधपुछ गरिएको छ भने करिब एक सयजनाको डीएनए परीक्षण भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *