Main News

हालसम्म ३८ लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

हिमालय टिभी
२०७८ साउन ९ गते १९:१३
हालसम्म ३८ लाख नेपालीले लगाए कोरोनाविरुद्धको खोप

९ साउन २०७८ काठमाडौं । नेपालमा हालसम्म ३८ लाख नेपालीले कोरोनाविरुद्धको खोप लगाएका छन् । ती मध्ये १३ लाख ६६ हजार ४६ जनाले दुबै डोज लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले कोभिसिल्ड, भेरोसेल र जोन्सनको खोप लगाइएको छ । यीमध्ये कोभिसिल्ड र भेरोसेल दुई मात्रा लगाउनुपर्छ भने जान्सेन एक पटक मात्रै लगाए पुग्छ । स्वास्थ्य मन्त्रालयको आजसम्मको तथ्यांकमा देशभर कोभिसिल्ड खोपको पहिलो मात्रा १८ लाख २८ हजार ४ सय ८४ जनाले लगाएका छन् ।

यस्तै ४ लाख ६० हजार ३ सय ८ जनाले दुबै डोज लगाएका छन् । भेरोसेलको देशभर पहिलो मात्रा लगाउनेको संख्या १५ लाख ४८ हजार ७ सय ४४ छ । दुबै मात्रा ६ लाख ९४ हजार ५ सय ६० जनाले लगाएका छन् ।

एक डोज मात्र लगाए पुग्ने जान्सेन खोप २ लाख ११ हजार १ सय ७८ जनाले लगाएका छन् । बागमती प्रदेशमा जोन्सनको मात्रै १ लाख ७२ हजार ९ सय ७७ जनाले लगाएका छन् ।

कोभिसिल्ड भारतबाट अनुदानमा १० लाख, भारतीय सेनाबाट १ लाख, सिरमसँग खरिद गरी ल्याएको १० लाख र कोभ्याक्स सुविधाको ३ लाख ४८ हजार डोज नेपाल भित्रिएको छ ।

जान्सेन खोप अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत १५ लाख ३४ हजार ८ सय ५० डोज आएको छ ।

यस्तै चीनबाट अनुदानमा १८ लाख र खरिद गरेर १६ लाख भेरोसेल खोप आएको छ । हालसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप नेपालमा भित्रिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *