Main News

ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने विषयमा कार्यदलले कानूनविदहरुसँग परामर्श गर्ने

हिमालय टिभी
२०७८ साउन ९ गते १३:२३
ओली सरकारले गरेका नियुक्ति खारेज गर्ने विषयमा कार्यदलले कानूनविदहरुसँग परामर्श गर्ने

९ साउन २०७८ काठमाडौं । सत्तारुढ दलहरुले गठन गरेको कार्यदलले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राजनीतिक र संवैधानिक नियुक्ति खारेज गर्नेबारे कानुनविद्हरूसँग परामर्श गर्ने भएको छ ।

सरकारले राजनीतिक नियुक्ति उल्ट्याउन थालिसकेको छ । अब संवैधानिक नियुक्ति के गर्ने भन्नेबारे कानूनविद्सँग छलफल गरेर निर्णय गर्ने कार्यदलका एक सदस्यले जानकारी दिए ।

संवैधानिक नियुक्तिकै लागि संसद छलेर ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भइसकेको छ । अध्यादेश खारेज भइसकेपछि त्यसकै आधारमा नियुक्ति गरेकाको पद के हुन्छ भन्ने बारे कानूनविद्हरूसँग छलफल गरिने भएको हो ।

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठकमा नेताहरूले तीन घन्टासम्म छलफल गरेका थिए ।

कार्यदलमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम, गठबन्धन सञ्चालनको कार्यविधि, सरकारले गर्ने राजनीतिक नियुक्तिको मापदण्ड र मन्त्रीहरूले पालना गर्नुपर्ने आचारसंहितालगायत विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *