Main News

प्रशासनले दियो भोलिदेखि लामो दूरीका सवारी साधन संचालन गर्न अनुमति

हिमालय टिभी
२०७८ साउन ८ गते १९:००
प्रशासनले दियो भोलिदेखि लामो दूरीका सवारी साधन संचालन गर्न अनुमति

८ साउन २०७८ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले भोलिदेखि लामो दूरीका सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।

प्रशासनले सूचना निकालेर काठमाडौंबाट चल्ने मध्यम तथा लामो दूरीका गाडी भोलिदेखि सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएको हो ।

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायत परीक्षालाई ध्यान दिँदै लामो तथा मध्यम दूरीका सवारीसाधन चलाउने व्यवस्था मिलाइएको सूचनामा उल्लेख छ ।

साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार सवारीसाधन चलाउन दिइएको प्रशासनले जनाएको छ । सरकारले तोकेको स्वास्थ्यको मापदण्डको पूर्ण पालना गरी मध्यम तथा लामो दुरीका सार्वजनिक यातायात सञ्चालन गर्न प्रशासनको आग्रह छ ।

लामो दूरीमा यात्रा गर्नेलाई टिकट काउन्टरबाट अनिवार्य रुपमा टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *