कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २९७७ संक्रमित थपिए
८ साउन २०७८ काठमाडौं । नेपालमा थय २ हजार ९ सय ७७ जना कोरोना संक्रमित थपिएका छन् । थप १८ जनाको मृत्यु भएको छ ।
१३ हजार ६ सय ९८ जनाको आरटी–पीसीआर गर्दा १ हजार ९ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै ३ हजार ६ सय १० जनाको एन्टिजेन परीक्षण गर्दा ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकामा ६ सय १३ जनामा संक्रमण देखिएको छ । आज काठमाडौंमा ४ सय १० ललितपुरमा १ सय ३४ र भक्तपुरमा ६९ जनामा संक्रमण देखियो ।
उपत्यका बाहिर झापमा ३ सय १ जनामा संक्रमण देखिएको छ चितवनमा १ सय ८६, कास्कीमा १ सय ७६ र सुनसरीमा १ सय ५ जना संक्रमित फेला परेका छन् । हाल २७ हजार ६ सय ६१ जना सक्रिय संक्रमित छन् ।
देशभरका विभिन्न अस्पतालमा ६ सय ८२ जनाको आइसीयू र १ सय ७५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो पटक संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ७९ जना संक्रमणबाट ज्यान गएको छ ।
विगत २४ घण्टामा १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३९ हजार ३ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया