चीनसँग खरिद गरिएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै
७ साउन २०७८ काठमाडौं । चीनसँग खरिद गरिएको भेरोसेल खोप लिएर नेपाल वायु सेवा निगमको विमान आज काठमाडौं आइपुग्दैछ।
गएराति गएको जहाज आज आइपुग्ने निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले बताउनुभयो । भेरोसेल लिएर आएको विमान फेरि खोप लिन आजै बेइजिङ उड्ने छ।
निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।
यस अघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । आज पनि सोही संख्यामा खोप आउने जनाइएको छ।
सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एक पटकमा ढुवानी गर्ने छ ।
जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन्। सरकारले चीन सरकारसँग सरकार–सरकार (जिटुजी) मार्फत खोप ल्याएको हो ।
प्रतिक्रिया