Main News

बाँकेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा तीन युवाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ७ गते ७:१७
बाँकेको डुडुवा खोलाको बाँधमा पौडी खेल्ने क्रममा तीन युवाको मृत्यु

७ साउन २०७८ बाँके । बाँकेको कोहलपुरमा रहेको डुडुवा खोलाको बाधमा पौडी खेल्ने क्रममा डुबेर नेपालगन्जका तीन युवाको मृत्यु भएको छ ।

मुस्लिम समुदायको महान पर्व बकर ईदको रमाइलो मनाउन नेपालगन्जबाट कोहलपुर–१० स्थित डुडुवा खोलामा पुगेका पाँच जनामध्ये पौडी खेल्ने क्रममा खोलामा डुबेर तीन युवाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालगन्ज ११ का १८ वर्षीय रसिद जसगढ, १८ वर्षीय अरमान जसगढ र १७ वर्षीय अरिव जसगढ रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नयाब उपरीक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।

उनीहरुसँगै रहेका ईरफान जसगढ र अहमन जसगढलाई प्रहरीले उद्धार गरेको छ । पौडी खेल्ने क्रममा उनीहरु डुबेको खबर पाउना साथ इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उद्धारका लागि घटनास्थल पुगेको थियो ।

उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पाल नेपालगंजमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *